शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार छ : अर्थमन्त्री शर्मा

बिहीबार, ०७ साउन २०७८, १९ : ११
बिहीबार, ०७ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

सो अवसरमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधन बारे सरकारलाई सुझाव दिन महासंघसँग आग्रह गरे । तर, केही व्यवसायीमा काम लिने तर काम नगर्ने परिपाटी देखिएको भन्दै मन्त्री शर्माले एउटा व्यवसायीले काम लिने तर कार्यक्षेत्रमा अर्कालाई खटाउनु ठीक नभएको बताए । मुख्य व्यवसायीले नै सम्बन्धित् काम गर्नुपर्ने र बजारमा रहेको बाँकी रकम समयमै भुक्तान गर्नुपर्ने उनको भनाइ थियो । 

काम गर्ने वातावरण अनुकूल हुने गरी महासंघले ल्याउने प्रस्तावमा छलफल गर्न आफू तयार रहेको बताउँदै मन्त्री शर्माले यो सरकारबाट कति पनि सशंकित नहुन निर्माण व्यवसायीहरुलाई आग्रह गरे । सो अवसरमा महासंघका प्रतिनिधिमण्डलले मन्त्री शर्मा समक्ष निर्माण व्यवसायीहरूको यावत समस्या र समाधानका उपायबारे समेत जानकारी गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बजेटसँग सम्बन्धित् म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा अर्थमन्त्री शर्मा समक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप