सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

थप आठ लाख मात्रा भेरोसेल खोप आइपुग्यो, तीन दिनभित्र २५ लाख मात्रा खोप आउने

बिहीबार, ०७ साउन २०७८, २३ : ५४
बिहीबार, ०७ साउन २०७८

  ७ साउन, काठमाडौँ— चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको भेरोसेल खोप थप आठ लाख मात्रा बिहीबार काठमाडौँ आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको खोप आज दिउँसो साढे २ काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

चीनसँग खरिद गरेको खोप यसअघि असार २५ गते नेपाल एयरलाइन्सकै विमानले ८ लाख मात्रा खोप ल्याएको थियो ।  खोप ल्याएको विमान आज नै खोप लिनका लागि पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ ।

नेपालमा अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने छ । अब साउन ९ गते खोप लिन पुनः नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने छ । चीन सरकारले यसअघि अनुदान सहयोगमा १८ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप