थप आठ लाख मात्रा भेरोसेल खोप आइपुग्यो, तीन दिनभित्र २५ लाख मात्रा खोप आउने
बिहीबार, ०७ साउन २०७८, २३ : ५४
७ साउन, काठमाडौँ— चीनको राजधानी बेइजिङबाट कोरोनाविरुद्धको भेरोसेल खोप थप आठ लाख मात्रा बिहीबार काठमाडौँ आइपुगेको छ । नेपाल सरकारले खरिद गरेको खोप आज दिउँसो साढे २ काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
चीनसँग खरिद गरेको खोप यसअघि असार २५ गते नेपाल एयरलाइन्सकै विमानले ८ लाख मात्रा खोप ल्याएको थियो । खोप ल्याएको विमान आज नै खोप लिनका लागि पुनः बेइजिङ जाने कार्यतालिका रहेको छ ।
नेपालमा अबको तीन दिनभित्र २५ लाख मात्रा खोप आउने छ । अब साउन ९ गते खोप लिन पुनः नेपाल एयरलाइन्सको विमान बेइजिङ जाने छ । चीन सरकारले यसअघि अनुदान सहयोगमा १८ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण