शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली र माधव नेपालबीच भेटवार्ताको तयारी

नेम्वाङ भन्छन् –आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्छ
बिहीबार, ०७ साउन २०७८, १९ : ०५
बिहीबार, ०७ साउन २०७८

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो ।  ‘दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुनसक्छ’, एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले रातोपाटीसँग भने, ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ ।’

माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेटवार्ताको तयारी भइरहेको बताए । ‘आज भेटवार्ता हुने कुरा छ । समय र स्थान तय भैसकेको छैन’ ती सदस्यले रातोपाटीलाई बताए । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विवादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनीहरुलाई आज कारवाही गर्ने भनिएपनि कारवाहीको प्रक्रिया अघि बढाइएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप