प्रेम सुवाल भन्छन्– हिजो बाख्रा, भैसी चराउने नेतालाई आज किन राजकीय सुरक्षा ?
बिहीबार, ०७ साउन २०७८, १८ : ५३

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हिजो बाख्रा भैसी चराएर आएका नेताहरुलाई किन राजकीय सुरक्षा दिएको भन्दै प्रश्न उठाएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले भिआइपीहरुले धेरै सुरक्षाकर्मी राखेर जवाफ देखाएको उल्लेख गरे ।
उनले भने–‘ हिजो बाख्रा चराएर, भैसी चराएर आएको भन्ने तर आज उनीहरुले किन राजकीय रवाफ देखाउन थालेका हुन् । भिआइपीहरुले किन धेरै सुरक्षाकर्मी लिइरहेका छन् ?’ उनले सरकारी कार्यालयबाटै कोभिड खोप चोरिने गरेको भन्दै हरेक दिन कति जनालाई खोप लगाइयो त्यसको विवरण सार्वजनिक गर्नुपर्ने बताए । साथै अघिल्लो सरकारले चुरेको गिटी ढुङ्गा बेच्ने निर्णयलाई वर्तमान सरकारले के गर्छ भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ