बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम सुवाल भन्छन्– हिजो बाख्रा, भैसी चराउने नेतालाई आज किन राजकीय सुरक्षा ?

बिहीबार, ०७ साउन २०७८, १८ : ५३
बिहीबार, ०७ साउन २०७८

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हिजो बाख्रा भैसी चराएर आएका नेताहरुलाई किन राजकीय सुरक्षा दिएको भन्दै प्रश्न उठाएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सुवालले भिआइपीहरुले धेरै सुरक्षाकर्मी राखेर जवाफ देखाएको उल्लेख गरे । 

उनले भने–‘ हिजो बाख्रा चराएर, भैसी चराएर आएको भन्ने तर आज उनीहरुले किन राजकीय रवाफ देखाउन थालेका हुन् ।  भिआइपीहरुले किन धेरै सुरक्षाकर्मी लिइरहेका छन् ?’ उनले सरकारी कार्यालयबाटै कोभिड खोप चोरिने गरेको भन्दै हरेक दिन कति जनालाई खोप लगाइयो त्यसको विवरण सार्वजनिक गर्नुपर्ने बताए । साथै अघिल्लो सरकारले चुरेको गिटी ढुङ्गा बेच्ने निर्णयलाई वर्तमान सरकारले के गर्छ भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप