माधव नेपालसहितका नेतालाई आममाफी दिने एमालेको निर्णय
बिहीबार, ०७ साउन २०७८, १८ : ३८
नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् ।
त्यस्तै ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच तुलना हुन नसक्ने बताए । उनले भने, ‘पार्टीको जनमत काँग्रेस पाउमा बुझाउनेसँग कसरी तुलना हुन्छ । एमाले विरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने ओलीले बैठक धारणा राखेको ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण