सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

माधव नेपालसहितका नेतालाई आममाफी दिने एमालेको निर्णय

बिहीबार, ०७ साउन २०७८, १८ : ३८
बिहीबार, ०७ साउन २०७८

नेकपा एमालेले माधव नेपालसहितका नेतालाई आममाफी दिने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय  कमिटी बैठकले पार्टी एकताको खातिर बाटो बिराएका नेतालाई क्षमा दिने निर्णय गरको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई पार्टी एकताको प्रयासमा निरन्तर छलफल भइरहेकाले कारबाही नहुने उनले संकेत गरे । माधव नेपालसहित केही सांसदले प्रस्टीकरण दिएका छन् ।

त्य​स्तै ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच  तुलना हुन नसक्ने बताए । उनले भने, ‘पार्टीको जनमत काँग्रेस पाउमा बुझाउनेसँग कसरी तुलना हुन्छ ।  एमाले विरोधी प्रवृत्तिबाट बाहिर निस्किए क्षमा गरिने ओलीले बैठक धारणा राखेको ज्ञवालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप