बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जसपा विवादबारे निर्वाचन आयोगमा बहस सकियो, अब फैसलाको पर्खाइ

बिहीबार, ०७ साउन २०७८, ०६ : ००
बिहीबार, ०७ साउन २०७८

जसपा नेपालको आधिकारिकता सम्बन्धी विवादबारे निर्वाचन आयोगमा दुवै पक्षको दाबी बहस सकिएको छ ।

आयोगको इजलासमा पार्टीको आधिकारिकता माथि दाबी गर्दै महन्थ ठाकुर पक्षबाट ८ जना र उपेन्द्र यादव पक्षबाट ६ जनाले बहस गरे ।

पार्टीको आधिकारिकता दाबी गर्दै अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि दाबी प्रस्तुत गरेका थिए । त्यसपछि आयोगले सो विवादको निरुपणका लागि इजलास गठन गरी साउन ३ गतेदेखि बहस चलाएको हो ।

पहिलो चरणको बहस सकिएपछि आयोगले दुवै पक्षलाई आआफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।

तिनै प्रमाणमा टेकेर दुवै पक्षले बिहीबार बहस गरेका हुन् ।

यादव पक्षले पार्टी दर्ता भएको बेला आयोगमा प्रस्तुत गरेको कार्यकारिणी सदस्यको आधारमा आफूसँग बहुमत रहेको दाबी गरेको छ भने महन्थ ठाकुरले पुस ७ गते भएको कार्यकारिणी समितिको बैठकले आफूलाई अधिकार दिएको दाबी गर्दै त्यसको आधारमा हेरफेर गरिएको कार्यकारिणी समितिमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ ।

आयोगले जसपाको आधिकारिकताबारे फैसला सुरक्षित गरेको छ । पार्टीका दुवै पक्ष आयोगबाट आउने फैसलाको प्रतीक्षामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप