खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण स्वीकृत
बिहीबार, ०७ साउन २०७८, १७ : ३९
एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय आज गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।
जीवनरक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई सङ्क्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारीको नेतृत्व छनोटमा पार्टीले हस्तक्षेप नगर्ने, सहयोग मागे विचार गर्ने
-
अझै हल्का वर्षाको सम्भावना, सतर्क रहन अनुरोध
-
१० बजे, १० समाचार
-
सडक खुलाउने विषय पहिलो प्राथमिकता : मन्त्री दाहाल
-
हेटौँडा काठमाडौँ सडक सम्पर्क जोड्न मन्त्रीको नेतृत्वमा सडक मर्मत हुँदै
-
विपद्मा फसेका पर्यटकको अवस्था बुझ्ने जिम्मा पर्वतारोहण संघलाई