सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसले बालुवाटारमा बैठक नराख्ने,  बूढानीलकण्ठमा बाेलाइयाे बैठक

बिहीबार, ०७ साउन २०७८, १७ : १८
बिहीबार, ०७ साउन २०७८

 नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बाेलाएकाे छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विहान ९ बजे बूढानीलकण्ठमा बाेलाएका हुन् । 

देउवाका स्वकीय सचिव भानु देउवाले १४औँ महाधिवेशनकाे सन्दर्भमा छलफल गर्न बैठक बाेलाइएकाे राताेपाटीलाई बताए । यसअघि साउन १ र २ गते प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार काँग्रेस  पदाधिकारी तथा पूर्व पदाधिकारीकाे बैठक बसेकाे थियाे । बालुवाटारमा पार्टी बैठक राखेर निवर्तमान प्रधानमन्त्री केपी ओलीकाे गलत अभ्यासलाई निरन्तरता दिएकाे भन्दै प्रधानमन्त्री देउवाकाे आलोचना भएकाे थियाे ।

 सामाजिक सञ्चालनमा चर्काे आलोचना भएपछि काँग्रेस नेताहरूले नै बैठक नराख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । सामाजिक सञ्चालनकाे विरोध र नेताहरू सुझाव पछि देउवा बालुवाटारमा पार्टी बैठक नराख्ने निर्णय पुगेकाे बुझिएकाे छ ।

 अबदेखि बालुवाटारमा बैठक नराख्ने निर्णय भएकाे काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । त्यसकाे सुरुवात शुक्रबार बूढानीलकण्ठकाे बैठकबाट गरिने उनकाे भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप