काँग्रेसले बालुवाटारमा बैठक नराख्ने, बूढानीलकण्ठमा बाेलाइयाे बैठक
नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बाेलाएकाे छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विहान ९ बजे बूढानीलकण्ठमा बाेलाएका हुन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले १४औँ महाधिवेशनकाे सन्दर्भमा छलफल गर्न बैठक बाेलाइएकाे राताेपाटीलाई बताए । यसअघि साउन १ र २ गते प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीकाे बैठक बसेकाे थियाे । बालुवाटारमा पार्टी बैठक राखेर निवर्तमान प्रधानमन्त्री केपी ओलीकाे गलत अभ्यासलाई निरन्तरता दिएकाे भन्दै प्रधानमन्त्री देउवाकाे आलोचना भएकाे थियाे ।
सामाजिक सञ्चालनमा चर्काे आलोचना भएपछि काँग्रेस नेताहरूले नै बैठक नराख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । सामाजिक सञ्चालनकाे विरोध र नेताहरू सुझाव पछि देउवा बालुवाटारमा पार्टी बैठक नराख्ने निर्णय पुगेकाे बुझिएकाे छ ।
अबदेखि बालुवाटारमा बैठक नराख्ने निर्णय भएकाे काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । त्यसकाे सुरुवात शुक्रबार बूढानीलकण्ठकाे बैठकबाट गरिने उनकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण