सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

बूढीगण्डकी प्रभावितको पुनर्वास र घरगोठको मुआब्जा प्रक्रिया तत्काल अघि बढाउन ऊर्जामन्त्रीको निर्देशन

बिहीबार, ०७ साउन २०७८, १६ : ५६
बिहीबार, ०७ साउन २०७८

ऊर्जामन्त्री पम्फा भुसालले बूढीगण्डकी जलविद्युत आयोजनालाई गति दिन सक्रियता बढाएकी छन् । बिहीबार मन्त्रालयका सचिव, बूढीगण्डकी आयोजनाका प्रमुखलगायतका अधिकारीसँगको छलफलमा उनले आयोजनालाई तत्काल अघि बढाउने गरी काम गर्न निर्देशन दिएकी हुन् । 

उनले सुस्त गतिमा रहेको पुनर्वास र घरगोठको मुआब्जाबारे छिटो निर्णय लिन निर्देशन दिँदै स्थानीयले असन्तुष्टि जनाउँदै आएको रासकट्टीको विषयमा पनि सहजीकरण गर्न निर्देशन दिएकी छन् । रासकट्टीको बिषयमा  नअल्झी  जनताको पक्षमा निर्णय लिइनुपर्ने उनको जोड थियो । 

‘पुनर्बास र घरगोठको मुआब्जाको काम तत्काल अघि बढाउनुस्’, उनले भनिन्, ‘रासकट्टी बापतको रकम  जनताको भएको हुँदा  यसबारे जनताको चित्तबुझ्ने गरी निर्णय लिइनुपर्छ ।’

 यसअघि बूढीगण्डकी प्रभावित क्षेत्रका जनप्रतिनिधिसहितका स्थानीय सरोकारवालाहरुले मन्त्रीलाई भेटेर स्थानीयको माग सम्बोधन गर्दै तत्काल आयोजनाको काम अघि बढाउन आग्रह गरेका थिए । 

सो क्रममा मन्त्रीले आफूहरुले बूढीगण्कडकी आयोजना अघि बढाउन आफू गम्भीर रहेको भन्दै यसबारे पहल गर्ने बताएअनुसार बिहीबार मन्त्रालयमा छलफल गरेकी हुन् । 
बूढीगण्डकी जलविद्युत आयोजनाका प्रमुख कृष्ण बहादुर कार्कीले आयोजनाको काम अघि बढाउन आर्थिक रुपमा कुनै समस्या नरहेको   भन्दै यस ​आर्थीक बर्षलाई ७  अरब ९७  करोड रकम बिनियोजित भएको   भन्दै हाल देखिएका केही कानुनी जटिलता हटाएर कामलाई तिव्रता दिइने बताए । 

 फिलबुकमा  विवरण भएका तर लालपुर्जा नभएका जग्गा, रासकट्टी, भौतिक संरचना र घरगोठको विषयमा ब्रिफिङ भएको उनको भनाइ छ । यससम्बन्धी विषयमा निचोडमा पुर्याउन मन्त्रीबाट निर्देशन भएको उनको भनाइ छ । उनले मन्त्रीको निर्देशनअनुसार तत्काल यससम्बन्धी कानुनी जटिलता भएर रोकिएका फाइलहरु  प्रक्रियामा लैजाने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप