मलाई एक घण्टा भए पनि निलम्बन गरियोस् : घनश्याम भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूलाई एक घण्टा भए पनि निलम्बन गरी कारवाही गर्नुपर्ने बताएका छन् । आफूले संसदीय मर्यादा नाघेका कारण एक दिन वा एक घण्टा भए पनि निलम्बन गर्न माग गरेका हुन् ।
बिहीबार रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भुसालले आफूले बाध्यकारी अवस्थामा संसदीय मर्यादा नाघेको र पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीको विवाद मिलिसकेपछि एक दिन वा एक घण्टा भएपनि आफूलाई निलम्बन गर्न माग गरेका हुन् ।
भुसालले आफूमाथि कारवाही हुनुपूर्व पहिले पार्टी एक हुनुपर्ने बताएका छन् । केपी ओलीले संसद विघटन गर्नु गल्ती थियो भनेर आत्मालोचना गरेको अवस्थामा पार्टी मिलिसकेपछि संसदीय मर्यादा नाघ्नेमाथि थोरै भए पनि कारवाही हुनुपर्ने उनले बताए ।
आफूले किन संसदीय मर्यादा नाघ्नुपर्यो भन्ने पनि भुसालले स्पष्ट पारेका छन् । भुसाल भन्छन्, ‘मैले धेरै कमरेडहरुलाई भनेको छु, म फेरि यो पार्टीको मामला मिलिसकेपछि पार्टीमा त म आफैले, मेरो प्रस्ताव छ, कम्तिमा एक दिन भए पनि म अनुपस्थित भएको छु, राष्ट्रपतिकोमा गएको छु, म अदालत गएको छु, यसवापत मलाई एकदिन भए पनि एक घण्टा भए पनि निलम्बन गरियोस् ।’
केपी ओलीले गरेको गल्तीका कारण ओलीको आदेश उल्लंघन गर्नुपरेको भुसालले स्पष्ट पारेका छन् । एमाले नेता भुसाल भन्छन्, ‘कमरेड ओली नेतृत्वको संसदीय दलको मर्यादाको उल्लंघन होइन, हामीले त हाम्रो संसद र संविधानलाई असफल पार्ने डिजाइनलाई असफल पार्नका लागि कमरेड ओलीका आदेशको उल्लंघन गर्नुपर्ने ठाउँमा पुग्यौँ ।’
हेर्नुहोस् भिडियो वार्ता :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता