युवा लक्षित स्प्राइटको नयाँ अभियान ‘क्लियर रह’
काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘क्लियर रह’ शिर्षकको समर क्याम्पियन सुरू गरेको छ ।
यस अभियानको उद्देश्य युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले जनाएको छ ।
कोका–कोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले नेपाली युवाहरुलाई जोड्ने मुख्य विशेषताहरु इन्डिभिजुआलिटी र सेल्फ एक्सप्रेशन रहेको र एक आइकोनिक युवा ब्रान्ड र रिफ्रेसिंग टेस्ट प्रदान गर्ने स्प्राइटमा यी सबै गुणहरू समाहित रहेको दावी गरे । यी अभियानको माध्यमबाट युवाहरुलाई रिफ्रेस, रिसेट र फोकस रहन र आफूहरुलाई वास्तवमै महत्वपूर्ण के हो त्यसमा केन्द्रित गर्न प्रोत्साहित गर्ने लक्ष्य लिएको बताए ।
‘क्लियर रह’ अभियान स्प्राइटको विश्वव्यापी अभियान ‘लेट्स बि क्लियर’को एक हिस्सा भएको र नेपालका युवाहरुमा स्थानियकरण गरिएको कम्पनीले जनाएको छ ।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले स्प्राइट व्यस्त दिनहरुको लागि अल्टिमेट रिफ्रेसिङ ड्रिंंक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत