बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१२५ वर्षीय पूजारीको निधन

बिहीबार, ०७ साउन २०७८, १६ : ४१
बिहीबार, ०७ साउन २०७८

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पुजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो ।

 भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी  तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्नुहुने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि  प्रयोग गरेका थिएनन् ।
    
पुजारी बाबा  वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरूको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उनको अन्तिम संस्कारका लागि  स्थानीय गाउँबासी अहिले मन्दिर प्राङ्गणमा भेला भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप