कस्तो रह्यो यो साताको सेयर बजार ?
साउन लागेसँगै बैंकिङ प्रणालीमा लगानी योग्य रकम सहज हुदै गएपछि सेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखियो । यो साता सेयर बजारले ३ हजार विन्दुको मनोवैज्ञानिक अंक पार गर्न सफल पनि भयो ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ३००४.४१ विन्दुमा आइपुगेर बन्द भएको छ । यसअघि नेप्से सूचक जेठ ३१ गते ३०२५.८३ विन्दुसम्म पुगेको थियो । त्यसपछि बजार करेक्सनतर्फ लागेको थियो ।
साताको पहिलो दिन आइतबार नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा नेप्से सूचक ९७.२१ अंकले वृद्धि भयो । आइतबार नेप्सेमा ११ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो जसले लगानीकर्ता आशा जगायो ।
त्यसअघि कारोबार रकम समेत न्यून हुदै आएको थियो । सोमबार पनि सेयर बजार बढ्ने क्रम जारी रह्यो । नेप्से सूचक १३.९७ अंकले बढेर २९९४.५८ विन्दुमा आइपुग्यो । यो दिन ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यस्तै साताको तेस्रो दिन मंगलबार भने सेयर बजारमा अस्थिर देखियो । बजारले निश्चित गति समाउन नसक्दा सूचक छिनछिनमै तलमाथि हुन पुग्यो, र अन्तमा नेप्से सूचक ९.१ अंकले घटेर २९८५.५७ विन्दुमा अडियो । मंगलबार ७ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।
यो साता बुधबार सार्वजनिक विदा परेकाले यस दिन सेयर कारोबार हुन पाएन । सामान्य अवस्थामा साताको पाँच दिन आइतबारदेखि बिहिबारसम्म सेयर कारोबार हुने गरेको छ ।
बैकिङ सिस्टममा अहिले लगानीयोग्य रकम प्रशस्त छ । यस्तै बैंकहरुले ब्याजदर समेत केही घटाएका छन् । यसले गर्दा सेयर बजारमा अझ चमक देखिनेमा लगानीकर्ताहरु विश्वस्त देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ