'युरो कप विथ फोनलोन' योजनाका विजेता बने लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती
बिहीबार, ०७ साउन २०७८, १६ : २७
काठमाडौं । फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन योजनाको विजेता बनेका छन् लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती । यस योजनाका विजेता खातिले सामसङको ५५इन्च स्मार्ट टीभी जितेका थिए ।
सो योजना असार १ गते देखी २३ गतेसम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।
यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो ।
विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा भएको थियो । यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा