शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालय परिसर तनावग्रस्त, विद्यार्थीले गरे अनिश्चितकालीन तालाबन्दी

बिहीबार, ०७ साउन २०७८, १६ : १९
बिहीबार, ०७ साउन २०७८

मध्यपश्चिम विश्वविद्यालय संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै आन्दोलन गरेका छन् । 
बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । आइतबार विश्वविद्यालय समक्ष आफुहरुले राखेका मागहरु प्रति ध्यान नदिइएको भन्दै  विश्वविद्यालयको केन्द्रिय क्याम्पस, परिक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन्।

हामीले आईतबार १८ बुँदे माग राखेका थियौ, ’अनेरास्ववियुका (क्रान्तिकारी) केन्द्रीय तथा प्रदेश सह–संयोजक तिर्सना हमालले रातोपाटीसँग भनिन्,‘ मागलाई प्रशासनले लत्याएकोले आन्दोलनमा उत्रनुपरेको हो । 

पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गर्दा समेत प्रशासनले वास्ता गरेन,’उनले भनिन्,  'विद्यार्थीको बुलन्द आवाज समयको विशेष माग हो। यदी यसलाई वेवास्था गरेर अगाडी बढेको खण्डमा दुर्घटना अवश्यम्भावी छ । हमालले विद्यार्थीको हकहितका लागि हामीले आवाज उठाएको बताइन्  ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप