सेयर बजार परिसूचक नेप्से तीन हजारमा उक्लियो
सेयर बजार परिसूचक नेप्से तीन हजार माथि उक्लिएको छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचक १८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ्ग हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु चम्किदा समग्र नेप्सेमै सकारात्मक प्रभाव पर्न गएको हो ।
यस दिन कुल २२२ कम्पनीका ५ करोड ५९ लाख कित्ता माथिको सेयर १ लाख १४ हजार पटक माथि किनबेच हुँदा अधिकतम ११ अर्ब ११ करोड ४१ लाख माथिको कारोबार भएको छ ।
जबकी गत मंगलबार सेयर बजार परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झर्दा ७ अर्ब ८९ करोड ७५ लाखको मात्र कारोबार भएको थियो । गत बुधबार सार्वजनिक विदा पर्दा सेयर बजारमा कुनै कारोबार हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण