बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

चितवनमा फेला परेको शव सेनामा कार्यरत हुद्दा भरत गुरुङको भएको पुष्टि

बिहीबार, ०७ साउन २०७८, १५ : ४८
बिहीबार, ०७ साउन २०७८


चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेको शवको पहिचान खुलेको छ । बिहीबार विहान फेला परेको शव धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको भएको प्रदेश–३ प्रहरी कार्यालयका डीआईजी प्रकाशजंग कार्कीले रातोपाटीलाई बताए ।      

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्दा हुन् । महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । घटनाबारे चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप