सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

‘लिपुलेक, कालापानी हाम्रो हो’ भन्दै विप्लवका विद्यार्थी सडकमा, तस्बिरमा हेर्नुहोस्

एमसीसीको विरोध
बिहीबार, ०७ साउन २०७८, १५ : ४५
बिहीबार, ०७ साउन २०७८

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहीबार राजधानीमा प्रदर्शन गरेको छ । 
राजधानीको माइतीघरमा भेला भएका विद्यार्थीहरुले वैदेशिक हस्तक्षेपको विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा प्रदर्शन गरेका हुन् । 

उनीहरुले सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थीहरु एकजुट हुनुपर्नेमा जोड दिँदै लिपुलेक र कालापानी नेपालको भएको धारणा राखे । 
भारतले लिपुलेक कालापानीलगायतका भूभाग हडपेर आफ्नो नक्सामा समेटेपछि गत वर्ष नेपालले पनि लिपुलेकसहित समेटेर नक्सा जारी गरेको छ । तर यो विषयमा अझै पनि विवाद कायम रहेकाले तत्काल कूटनीतिक पहल गरेर औपचारिक रुपमा नेपाली भूमि फिर्ता हुनुपर्ने विप्लव समूहको धारणा छ । 

यस्तै सो क्रममा प्रदर्शनकारीहरूले एमसीसीको विरोध गर्दै सबैखाले वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने धारणा राखे । 
उनीहरुले सुगौली सन्धिलगायत सबै असमान सन्धी सम्झौताहरु खारेज गर्न पनि सो क्रममा माग गरेका थिए । 

विभिन्न नारा अंकित ब्यानरसहित भेला भएका उनीहरुले सो क्रममा राष्ट्रियताको पक्षमा चर्का नाराबाजी गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप