‘लिपुलेक, कालापानी हाम्रो हो’ भन्दै विप्लवका विद्यार्थी सडकमा, तस्बिरमा हेर्नुहोस्
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहीबार राजधानीमा प्रदर्शन गरेको छ ।
राजधानीको माइतीघरमा भेला भएका विद्यार्थीहरुले वैदेशिक हस्तक्षेपको विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनगणतान्त्रिक विद्यार्थीहरु एकजुट हुनुपर्नेमा जोड दिँदै लिपुलेक र कालापानी नेपालको भएको धारणा राखे ।
भारतले लिपुलेक कालापानीलगायतका भूभाग हडपेर आफ्नो नक्सामा समेटेपछि गत वर्ष नेपालले पनि लिपुलेकसहित समेटेर नक्सा जारी गरेको छ । तर यो विषयमा अझै पनि विवाद कायम रहेकाले तत्काल कूटनीतिक पहल गरेर औपचारिक रुपमा नेपाली भूमि फिर्ता हुनुपर्ने विप्लव समूहको धारणा छ ।
यस्तै सो क्रममा प्रदर्शनकारीहरूले एमसीसीको विरोध गर्दै सबैखाले वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने धारणा राखे ।
उनीहरुले सुगौली सन्धिलगायत सबै असमान सन्धी सम्झौताहरु खारेज गर्न पनि सो क्रममा माग गरेका थिए ।
विभिन्न नारा अंकित ब्यानरसहित भेला भएका उनीहरुले सो क्रममा राष्ट्रियताको पक्षमा चर्का नाराबाजी गरेका थिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण