सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

देशै छाडेर हिँडेका राजालाई काँग्रेसले फर्कायो, राजतन्त्रबारे त्यहाँ अझै विवाद छ : केपी ओली

बिहीबार, ०७ साउन २०७८, १५ : १९
बिहीबार, ०७ साउन २०७८

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा नेपाली कांग्रेसमा अझै विवाद रहेको दाबी गरेका छन् । आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने काँग्रेसले विगतमा संवैधानिक राजतन्त्रलाई आदर्श मानेर हिँड्नु आश्चर्यजनक रहेको ओलीको टिप्पणी थियो ।

पुष्पलाल स्मृति दिवसका अवसरमा बोल्दै ओलीले जन्मसिद्ध श्रेष्ठतालाई मान्ने कार्य कहिल्यै लोकतान्त्रिक नहुने बताए । ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भ्रिंगीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ सालदेखिकै हो । आजको नीति पनि त्यही हो । लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने कांग्रेसको नीति हो,’ उनले भने ।

‘लोकतन्त्र तथ्यहीन सामन्तवादसँग सम्झौता गर्ने सिद्धान्त होइन । लोकतन्त्र जनताको तन्त्र, जनता सार्वभौम रहेको तन्त्र हो,’ ओलीले भने,‘ कुनै परिवारमा जन्मेको आधारमा शासक छानिनु नपर्ने हो, तर, नेपाली कांग्रेसले त्यो ग¥यो । नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो । आज पनि त्यहाँ राजतन्त्रबारे विवाद चलिरहेकै छ ।’

कांग्रेसले सम्झौता ग-यो

२००७ सालमा देश नै छाडेर हिँडिसकेका राजालाई नेपालमा फर्काउने काम कांग्रेसले नै गरेको उनले बताए । ‘नेपालमा प्रजातन्त्र आएपछि त्रिभुवन विजयी भएजस्तो देखियो । उनले नै प्रजातन्त्र दिए भन्ने देखियो । प्रधानमन्त्री मोहनशम्शेर नै भए । कांग्रेसले गृहमन्त्रीमा सम्झौता ग¥यो,’ उनले थपे,‘कांग्रेस विजयी भएजस्तो हुनुपर्ने थियो, तर कुनामा देखियो ।’

पुष्पलालले लोकतान्त्रिक शक्तिहरूबीच  सहकार्य गर्ने योजना बनाएपनि कांग्रेस त्यसको विरुद्धमा देखिएको उनले बताए । ‘मोहन शम्शेर प्रधानमन्त्रीबाट हटेर ००८ सालमा मातृका प्रसाद कोइराला कांग्रेसका सभापति प्रधानमन्त्री हुनासाथ कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध नै लाग्यो ।  लोकतन्त्रवादी शक्तिहरु मिल्नुपर्छ भनेर अघि बढेका पुष्पलालको विचारलाई कांग्रेसले मानेन ।’ उनले भने। 

*यसअघि एमाले अध्यक्ष केपी  शर्मा ओली हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप