शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नाम फेरियो

बिहीबार, ०७ साउन २०७८, १४ : ५८
बिहीबार, ०७ साउन २०७८

कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) पार्टी नाम परिवर्तन भएर नेकपा (माओवादी केन्द्र समाजवादी) बनेको छ । पार्टीका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको जनाइएको छ । 
 
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेकपा (माओवादी केन्द्र समाजवादी) को  श्रावण ४, ५ र ६ गते बसेको बैठकले पार्टीको केन्द्रिय समितिको बैठकले नाम परिवर्तन तथा आन्दोलनका आगामी कार्यक्रम घोषणा गरेकोबारे जानकारी दिईएको हो । 

पत्रकार सम्मेलनमा अध्यक्ष कर्णजित बुढाथोकीले वस्तुगत अवस्थाका कारण पार्टीको नाम परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै भने,‘पार्टीको बैठकले कम्युनिष्ट सम्मेलनको आयोजना गर्ने निर्णय गरेकोे छ ।’ अध्यक्ष बुढाथोकीले पार्टीको ९औँ महाधिबेशन आगामी फाल्गुण १ देखि ३ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको पनि जानकारी दिए । 
 
उनले २ तिहाई प्राप्त कम्युनिष्ट सरकार प्रचण्ड, केपी ओली र माधव नेपालको अदुरदर्शीता, असक्षमता र व्यक्तिगत स्वार्थकै कारण देश दक्षिणपन्थीहरुको हातमा पुगेको टिप्पणी गरे । बुढाथोकीले ‘वैज्ञानिक समाजवाद स्थापनाको दिशामा अघि बढौँ’ भन्ने नाराका साथ साउन २५ गते ७ वटै प्रदेशमा समाजवादी जनजागरण अभियान उद्घाटन गर्ने निर्णय भएको जानकारी दिए । माओवादी पार्टी र शक्तिसंँग कार्यगत एकता, रणनैतिक मोर्चा र पार्टी एकतासम्म पु¥याउने बैठकले निर्णय गरेको सुनाए ।
 
नेपालको संसदीय व्यवस्थाले प्रतिगमनको दिशातिर यात्रा गरेको उनको भनाई थियो । सीमा अतिक्रमण, शिक्षा र स्वास्थ्य रोजगारको आधारभूत समस्या विकराल बन्दै गएको उनको तर्क थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप