१२औं वार्षिकोत्सवको अवसरमा मेगा बैंकले तयार पार्यो पाँच बर्षे रणनीतिक योजना

person explore access_timeसाउन ७, २०७८ chat_bubble_outline0

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।

‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रुपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रुपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भने– ‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौं ।’

मेगा बैंककी सिईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारी र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औं वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् । मेगा बैंकले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्रान्ड बनाउन सफल भएकोमा खुसी लागेको बताउँदै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेको बताइन् । 

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरुलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सिइओ खुञ्जेलीको भनाइ छ । ‘कोभिड– १९ को विद्यमान अबस्थालाई मध्यनजर गरी डिजिटल बैंकिड र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरुप ग्राहकहरुलाई लक्षित गर्ने योजना बनाएका छौं’– सिइओ खुञ्जेलीले भनिने ।

सञ्चालनको ११ बर्षको छोटो अवधिको वित्तीय सूचकांकलाई केलाएर हेर्दा मेगा बैंकले व्यावसायिक उचाई हासिल गर्न सफल भएको बैंकको दावी छ । बैंकको सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरुलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको पनि जनाएको छ । 

बैंकको बितेको ११ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ ।

मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आँउदैछन । 
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।