यी युवतीलाई फसाउन खोजेका थिए शिल्पाका श्रीमान्ले, भन्छिन् – जेलमै सडोस्
पोर्न भिडियो प्रकरणमा फसेका शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा लगातार समस्यामा फस्दै गइरहेका छन् । मुम्बई क्राइम ब्रान्चले उनीविरुद्ध धेरै प्रमाणहरु फेला पारेको छ । २३ जुलाईसम्म उनी प्रहरी हिरासतमै रहनेछन् ।
धेरै मानिसहरुले उनीमाथि गम्भिर आरोपहरु लगाइरहेका छन् । भर्खरैमात्र युट्युबर पुनित कौरले पनि राज कुन्द्राबारे नयाँ खुलासा गरेकी छिन् । उनका अनुसार राज कुन्द्राले ‘ह्वाट्स एप’ का लागि भिडियो सुट गर्न भन्दै म्यासेज गरेका थिए ।
यी युवतीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत फ्यानहरुलाई सोधेकी छिन्, ‘के तपाईहरुलाई हाम्रो भेरिफाईड डिएम भिडियो याद छ ? जहाँ राजले ह्वाट्स एपका लागि काम गर्ने अफर मलाई दिएका थिए । म राजको अहिलेको खुलासा देखेरु हैरान भएको छ ।’
पुनितले अर्को इन्स्टा स्टोरीमा लेखेकी छिन्,‘यी मानिसहरुले अरुलाई फसाइरहेका थिए । युवतीहरुलाई लालच देखाउँथें, जब उनले मलाई म्यासेज गरेका थिए, तब पहिले त मलाई त्यो स्पाम हो भन्ने लागेको थियो । भगवान्, यो मानिस जेलमै सडोस् ।’
मंगलबार मुम्बई पुलिसले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रलाई पोर्नोग्राफी भिडियो बनाउने र सार्वजनिक गर्ने गरेको आरोपमा पक्राउ गरेको छ । मुम्बई क्राइम ब्रान्चका अनुसार लकडाउनका दौरान कुन्द्राको व्यापार राम्रै चलिरहेको थियो । उनले एक दिनमा ६ देखि ८ लाख भारुसम्मको व्यापार गर्ने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा