सामसङको एफ सिरिज नेपाल भित्रिदैं, दराजसँगको साझेदारीमा नयाँ ग्यालेक्सी एफ२२ को प्रि बुकिङ्ग शुरु
काठमाडौं । सामसङ नेपालले दराज अनलाइनसँगको साझेदारीमा नयाँ ग्यालेक्सी एफ २२ को प्रि बुकिङ्ग शुरु भएको घोषणा गरेको छ ।
ग्यालेक्सी एफ २२ को लन्चसँगै सामसङको एफ सिरिज नेपालमा पहिलो पटक भित्रिँदै छ। ग्राहकहरू अब दराज एप मार्फत साउन ६ देखि ग्यालेक्सी एफ २२ को प्रि–बुकिङ्ग गर्न सक्नेछन्।
सामसङ ग्यालेक्सी एफ २२ अक्टा कोर मिडिया टेक हिलियो जी ८० प्रोसेसोर भएको अत्याधुनिक फोन हो । यसमा दुई कर्टेक्स ए ७६ कोर र छ कर्टेक्स ए ५५ कोर रहेको छ । ग्यालेक्सी एफ २२ मा ६.४ एचडी डिस्प्ले इन्फिनिटी यु सुपर आमोलेड डिस्प्ले रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित छ।
यसैगरी ग्यालेक्सी ग्यालेक्सी एफ २२ एन्ड्रोइड ११ र वान यु आई कोर ३१मा चल्छ भने एसले प्रयोगकर्ताहरूलाई सरल डिजाइन दिनका साथ फोनलाई आफु अनुकुल बनाउन सकिन्छ। सुरक्षाको लागि को फोनको छेउमा फिंगर प्रिन्ट स्क्यानर र अगाडी को क्यामेरामा फेस अनलक फिचर उपलब्ध छ।
ग्यालेक्सी एफ २२ मा क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ४८ एमपी वाइड क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा, २ एमपी देप्थ साथै एलईडी फ्ल्याश, प्यानारोमा र एचडीआर जस्ता अन्य फिचर्सहरु रहेको छ।
ग्राहकले एक वर्षको ब्रान्ड वारेन्टी, १४ दिन रिटर्न पोलिसीसँग दराजबाट यो फोन प्रि बुक गरी अर्डर गर्न सक्नेछन् । ४ जीबी र्याम र ६४ जीबी स्टोरेज र ६ जीबी र्याम र १२ जीबी स्टोरेज गरी ग्यालेक्सी एफ २२ दुईवटा भेरियेन्टमा उपलब्ध छ । ४ जीबीको मूल्य २०,४९९ रहेको छ भने ६ जीबी को मूल्य २३,९९ रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी एफ २२ कालो र लाईट ब्लुमा उपलब्ध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
-
उपत्यकामा उत्पादित सागमा अत्यधिक विषादी, जोगिन के गर्ने ?
-
बरु ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
-
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
-
कानुन निर्माण अध्ययन कार्यदलको निष्कर्ष : प्रदेश सांसदहरू नै विधायिकी कार्यमा ध्यान दिँदैनन्