झापामा ५ हजार नागरिकता वितरण
झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष २०७७/७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा २०७७/७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६/७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।
आव २०७७/७८ को अवधिमा वैवाहिक अङ्गीकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिए । सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुत सेवा ६१८, ठाडो उजूरी ६६, सङ्घ संस्थान विकरण १५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।
रु एक करोड २२ लाख बढी राजश्व सङ्कलन
सोही वर्ष राहदानीबापत रु एक करोड २२ लाख ५२ हजार ५००, अन्य प्रशासनिक सेवाबापत रु एक लाख ५७ हजार ८५०, बेरुजु रु आठ हजार १५१ गरी कूल रु एक करोड २२ लाख ५२ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान