सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

मन्त्रालयदेखि क्वार्टरसम्म गृहमन्त्रीलाई भेटेर बधाई दिनेको घुइँचो (तस्बिरहरु)

गृहमन्त्री भेट्ने भनेपछि मन्त्री क्वार्टरको गेटमा छेकबार छैन
बिहीबार, ०७ साउन २०७८, १२ : १८
बिहीबार, ०७ साउन २०७८

गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न मन्त्रालयदेखि क्वार्टरसम्म घुइँचो लाग्ने गरेको छ । नेपाली कांग्रेसभित्र प्रिय नेताको छवि बनाएका खाँण गृहमन्त्रीमा नियुक्त भएपछि उनलाई बधाई दिन पार्टी कार्यकर्ता  शुभचिन्तकहरु बिहान सबेरै पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुग्ने गरेका छन् । उसो त गृह मन्त्रालयमा पनि उस्तै भिडभाड हुने गरेको छ ।  

आफूलाई भेट्न आउनेलाई गेटमा अवरोध नगर्न खाँणले सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । त्यसैले, पुल्चोकस्थित मन्त्री क्वार्टरको गेटमा उनलाई भेट्न चाहनेहरु निर्वाध आवत जावत गर्न पाउँछन् । 

‘उहाँलाई भेट्न रोकतोक रहेनछ,’ बिहीबार खाँणलाई बधाई दिन गएका नेविसंघका पूर्व केन्द्रीय सदस्य अनिल खनालले भने, ‘सहज रुपमा भेट्न पाइने हुनाले पनि होला उहाँको क्वार्टरमा भिडभाड धेरै थियो ।’ 

लोकप्रिय नेता भएको हुनाले उनलाई भेट्न गएको बताउँदै खनालले भने, ‘उहाँले कस्तो काम गर्नुहुन्छ त्यो हेर्न बाँकी छ तर, नेताको हिसावले बधाई दिन गएका हौं ।’ 

बिहीबार १० बज्दासम्म भेट्न आएकाहरुलाई समय दिन नसकेपछि खाँणले क्वार्टरको आँगनमा संयुक्त रुपमा भेटघाट गरे । फोटो खिचाएर हात हल्लाउँदे उनी मन्त्रालय लागेका थिए  । 

मन्त्रालयमा उनी पुग्दा उनलाई भेटेर बधाई दिनका लागि १५ जनाको समूह पुगिसकेको थियो । क्वार्टरमा जस्तो मन्त्रालयमा चाहिँ आवत– जावतमा त्यति सहज छैन । सिंहदरबारको मुख्य गेट र मन्त्रालयको गेटको सुरक्षा पार गरेर उनको सचिवालयमा जानुपर्छ । तैपनि उनलाई भेट्न चाहने कार्यकर्ता पंक्ति र शुभचिन्तक घटेका छैनन् । दैनिक बढ्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप