नर्स तथा मिडवाइफको लाइसेन्स परीक्षाको फारम खुल्यो
बिहीबार, ०७ साउन २०७८, १२ : ०५
नेपाल नर्सिङ काउन्सिलले नर्स तथा मिडवाइफको लाइसेन्सको परीक्षा अगामी भदौ १९ गतेबाट सुरु गर्ने भएको छ । काउन्सिलले साउन १० गते देखि भदौ ७ गते सम्म परीक्षाका लागि अनलाइन फारम भर्न सक्ने जनाएको छ ।
यस्तै भदौ ८ गतेदेखि भदौ १३ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिनेछ । नाम दर्ता प्रमाणपत्रका लागि नेपाल नर्सिङ काउन्लिलले पिसिएल वा बिएस्सी नर्सिङ र व्याचरल इन मिडवाइफ्री साइन्समा उत्तीर्ण भएका विद्यार्थी सहभागी हुन सक्ने काउन्सिलले जनाएको छ । परीक्षाका लागि आवेदन अनलाइन माध्येमबाहेक अन्य माध्येमबाट भर्न अर्थात बुझाउन नपाइने भन्दै http://nnc.org.np/ मा गइ दिइएको निर्देशन अनुसार फारम बुझाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू
-
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस
-
द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक
-
१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म
-
तीन अध्यादेश ल्याउने सरकारको निर्णय
-
नेपाल स्काउटका निर्देशक भट्टराई निलम्बित