शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राज कुन्द्राको आफिसमा पुलिसको छापा, अश्लिल फिल्म अपलोड हुने सर्वर नै भेटियो

बिहीबार, ०७ साउन २०७८, ११ : ०५
बिहीबार, ०७ साउन २०७८

मुम्बई । अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नाेग्राफीको मावलमा नराम्रोसँग फसेका छन् । उनी अझै २३ जुलाईसम्म पुलिस हिरासतमा रहनेछन् ।

मुम्बई क्राइम ब्रान्चका पुलिसले बुधबार साँझ राज कुन्द्राको मुम्बई स्थित विआन इन्ड्रस्टीज लिमिटेडको अफिसमा तथा केही अन्य ठाउँमा समेत छापा मारेको छ । सो क्रममा पुलिसले उनको अफिसका केही कम्प्युटरका हार्ड डिस्क र सर्भर बरामद गरेको छ ।

समाचारका अनुसार पुलिसले त्यो सर्वर बरामद गरेको छ जसको माध्यमबाट अश्लिल फिल्म ‘वी ट्रान्सफर’को माध्यमबाट अपलोड हुने गर्दथ्यो । यसका साथै, पुलिसले केही काजगपत्र, कुन्द्राका आइफोन तथा ल्यापटप समेत बरामद गरेको छ । बरामद भएका सबै सामान परिक्षणका लागि फोरेन्सिक ल्याबमा पठाइएको छ ।

यो मामिलामा पुलिसले राज कुन्द्राको बहिनी ज्वाई प्रदीप बख्शीकोविरुद्ध पनि सूचना जारी गरेको छ । यो मामिलामा प्रदीप पनि सह अभियुक्त हुन् । उनी ‘हटशट’ एप निर्माण गर्ने राज कुन्द्राको कम्पनी ‘केनरीन’का मालिक हुन् । अहिले खबर आएको छ  पुलिसले छिट्टै शिल्पासँग पनि यो बिषयमा सोधपुछ गर्दैछ ।

राज कुन्द्रालाई क्राइम ब्रान्चले सोमबार पक्राउ गरेको थियो । उनलाई अश्लिल फिल्म बनाएको र केही एपमा देखाएको आरोप लागेको छ । यो मामिलामा अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप