अमेरिकामा भेटियो मङ्कीपक्सको सङ्क्रमण, सङ्क्रमितको सम्पर्कमा आएका २७ राज्यका २ सय बढीलाई खोजिँदै
अमेरिकामा दुर्लभ मानिन मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएपछि २७ राज्यमा २ सय जनाभन्दा बढीको खोजी शुरु गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो महिनाको शुरुवातमा नाइजेरियाबाट टेक्सास निवासी एक व्यक्तिले यो रोग अमेरिका भित्र्याएको बताइएको छ । २ सय जनाभन्दा बढी सङ्क्रमितको सम्पर्कमा आएको आशंका गरिएको छ ।
सन् २००३ पछि अमेरिकामा पहिलोपटक मङ्कीपक्सको सङ्क्रमण भेटिएको हो । सङ्क्रमितलाई अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था स्थिर रहेको बताइएको छ । हालसम्म थप नयाँ सङ्क्रमित फेला परेका छैनन् ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले ती व्यक्तिले प्रयोग गरेका दुई विमानका यात्रुहरु सङ्क्रमणको जोखिममा रहेको बताएको छ । ती व्यक्तिले गन ९ जुलाईमा नाइजेरियाको लागोसबाट जर्जिया एटलान्टाको विमान प्रयोग गरेका थिए भने त्यसपछि उनी त्यहाँबाट डालास उडेका थिए । त्यहाँ उनी अस्पतालमा भर्ना भएका छन् ।
सीडीसीले विमानमा सवारहरुको सूची तयार गरेर खोजी गरिरहेको छ । तर, विमानमा मास्क लगाउन अनिवार्य गरिएकाले जोखिम भने निकै कम रहेको बताइएको छ ।
स्मलपक्सकै समूहमा रहेको मङ्कीपक्स कम घातक रहेको सीडीसीको भनाइ छ । यो रोग मध्य र पश्चिम अफ्रिकी मुलुकको दुर्गम भेगमा पाइन्छ । सन् २००३ मा अमेरिकामा यो रोग फैलिँदा ४७ जनामा यसको सङ्क्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा