बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

बुधबार, ०६ साउन २०७८, २२ : ४५
बुधबार, ०६ साउन २०७८

नेपालगञ्जको जमुनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गरे ।

कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा.राणाले बताए । देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो । 

नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मी खटिने भएका छन् । भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकताअनुसार अन्य स्वास्थ्य जाँच गरिनेछ । रु ५१ लाख ३१ हजारको लागतमा निर्माण गरिएको हेल्थ डेस्कको केही भाग इलाका प्रहरी कार्यालय जमूनाहले समेत प्रयोग गर्ने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप