ध्रुवको ‘आँखा आँखा जुधी’ मा किरण र अस्मिताको स्वर
बुधबार, ०६ साउन २०७८, १९ : २८
गीतकार ध्रुवप्रसाद अम्गाईको नयाँ गीत ‘आँखा आँखा जुधी’ बजारमा आएको हो । भ्वाइस अफ नेपाल सिजन–३ का प्रतियोगी गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको रोमान्टिक गीतमा लेखु सहयात्रीको संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोमा श्रीय सिटौला र सन्तोष बानियाँको अभिनय देख्न सकिन्छ । बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियो सोनाम पाख्रिनको निर्देशन गरेका हुन् ।