शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल र भीम रावलबीचको छलफल सकियो

बुधबार, ०६ साउन २०७८, १९ : २३
बुधबार, ०६ साउन २०७८

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावल बीचको छलफल सकिएको छ । रावल निवास टोखामा भएको दुई नेताबीचको छलफल केहीबेर अघि सकिएको हो ।

बैठकमा नेताद्वयबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भ रावलले दिएको राजीनामा र पार्टीभित्रको समस्याका बारेमा छलफल भएको बुझिएको छ ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा  नेपाल पक्षमा मतभेद हुँदा आइतबार प्रतिनिधिसभा पदबाट राजीनामा दिएका थिए ।

आज बसेको नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित भएका थिए । त्यसपछि नेपाल रावल भेट्न टोखा पुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप