शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने अमरेश कुमार सिंहको घोषणा

बुधबार, ०६ साउन २०७८, १७ : ३९
बुधबार, ०६ साउन २०७८

काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन् । रातोपाटीसँग कुराकानी गर्दै सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए । 

‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले रातोपाटीसँग भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ ।’

उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको पनि बताए । त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ । 

सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप