बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारका गलत कामको प्रतिवाद गर्न राष्ट्रियसभा सदस्यलाई ओलीको निर्देशन

बुधबार, ०६ साउन २०७८, १७ : ३०
बुधबार, ०६ साउन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने एमाले सांसदलाई सशक्त प्रतिपक्षको भूमिका खेल्न निर्देशन दिएका छन् ।  बुधबार बिहान राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग बालकोटस्थित निजी निवासमा छलफल गर्दै ओलीले अब सांसदहरुको भूमिका फेरिएको बताउँदै सोहीअनुसार प्रस्तुत हुन निर्देशन दिए । 

छलफलमा ओलीले सरकारले गरेका गलत कामको प्रतिवाद गर्न र सशक्त प्रतिपक्षी दलको रुपमा रचनात्मक भूमिका खेल्न निर्देशन दिएको राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वतीले जानकारी दिइन् । 
ओली निकट राष्ट्रियसभा सदस्यहरु बुधबार बिहान उनलाई भेट्न बालकोट पुगेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप