प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव
बुधबार, ०६ साउन २०७८, १७ : २९
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् ।
केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् ।
आजै पार्टीको मुखपत्र रेडफ्रन्टको विमोचनपछि विप्लव बालुवाटार पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण