साझा कार्यक्रममार्फत सरकार सञ्चालन गर्ने माओवादीको निर्णय
नेकपा माओवादीले शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन गठबन्धनबीच साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले छिटै त्यस्तो कार्यक्रम बनाउने भएको छ । साझा कार्यक्रम गठबन्धनले बनाउने र सोही अनुसार सरकार सञ्चालन गर्ने माओवादीले निर्णय गरेको छ ।
बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्ता कार्यक्रम तय गर्न कार्यदललाई निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले गठबन्धनको सरकार हिजोको सरकार जस्तो हुनु नहुने भन्दै हिजो जुन प्रवृतिका विरुद्ध संघर्ष गरेको हो त्यस कुरामा सतर्क र सचेत रहनुपर्नेमा बैठकले जोड दिएको पनि बताए ।
‘गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न आव्हान गरेको छ र कार्यदलका सदस्यहरुलाई निर्देशन दिएको छ’, बैठकपछि नेता श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।
त्यस्तै माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने भएको छ । ‘प्रतिगमनविरुद्धको संघर्ष सफल पारेपछि अव सरकारलाई सकारात्मक ढंगले सञ्चालन गर्ने हाम्रो मेहनतको अतिरिक्त पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित पार्ने निस्कर्ष निकालेको छ’ श्रेष्ठले भने, ‘त्यही अनुसार हाम्रो पार्टीको बैठक साउन २० गते ११ बजे बस्नेगरी निर्णय गरेको छ ।’
बैठकको गृहकार्यको तयारीस्वरुप साउन १७ गते स्थायी समिति बैठक बस्ने पनि बैठकले निर्णय गरेको छ ।
सरकारमा जाने विषयमा भने बुधबारको बैठकमा कुनै छलफल नभएको माओवादी केन्द्रले जनाएको छ । तर सकेसम्म गठबन्धनका सवै शक्तिसँग छलफल गरेर सरकारलाई पूर्णता दिने माओवादीको निश्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली विकास बैंकविरुद्ध काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन
-
महिला प्रिमियर लिगको अक्सनमा चर्चा कमाउने यी अनक्याप्ड खेलाडी
-
एमाले पार्टी कार्यालय जग्गा विवाद : सर्वोच्चले खोल्यो मीनबहादुरले दान दिएको जग्गामा भवन बनाउने बाटो
-
दुई नयाँ हुलाक टिकट प्रचलनमा
-
सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज
-
‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म