बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औ वार्षिकोत्सव सम्पन्न

बुधबार, ०६ साउन २०७८, १६ : ५१
बुधबार, ०६ साउन २०७८

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औं वार्षिकोत्सवको  कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । ३२ औं वार्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झन्डोत्तोलन गरेका छन् । 

३२ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले रक्तदानको ब्लड ब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । 

त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका छन् ।  वार्षिकोत्सवको अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । 

राष्ट्रिय वाणिज्य कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैँकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा संस्थाको सम्वर्द्धनका बिषयमा जोडदार आवाज उठाउँदै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप