शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव समूहलाई ओलीको स्पष्टीकरण पत्र : अपराधपूर्ण कार्य के-कति कारणले गर्नुभएको हो ? (पत्रसहित )

बुधबार, ०६ साउन २०७८, १६ : ४७
बुधबार, ०६ साउन २०७८

 एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको भन्दै माधव नेपाल समूहका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । 
अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भनेर प्रश्न गरिएको छ । 

साथै ‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले पार्टीको साधारण सदस्यता लगायत पार्टीको जिम्मेवारीबाट किन निस्कासन नगर्ने ? निस्कासन गर्नुपर्ने कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहोला । 

जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ’, स्पष्टीकरणमा भनिएको छ ।
पत्रकाे बेहोरा एकैखालकाे भएपनि नेताहरु केही थपघट रहेको बताइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप