बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तबेलामा घुसेर घोडासँग सम्बन्ध बनाउन थाले व्यक्ति, सीसीटीभीमार्फत् भयो खुलासा

बुधबार, ०६ साउन २०७८, १६ : ३८
बुधबार, ०६ साउन २०७८

बेलायतको नरफल्क प्रहरी र घोडा तबेलाकी मालिक बिहिबार बिहानै घोडासँग यौन सम्बन्ध स्थापित गरेका एक व्यक्तिको खोजीमा जुटेका छन् । ती व्यक्तिको कृत्य सीसीटीभी फुटेजमा कैद भएको छ । 

‘म यी व्यक्तिलाई यौन शिकारीको रुपमा हेर्छु । उनी सबैका लागि खतरा हुन्,’ नरफल्कस्थित टर्नर हिल इक्वेस्ट्रियन सेन्टरकी मालिक हिलारी स्वारले भनिन् । 

बोस्टन हेराल्डसँगको कुराकानीमा स्वारले दिएको जानकारी अनुसार बिहिबार बिहान स्थानीय समयानुसार साढे चार बजे हिँड्दै आएका एक व्यक्ति तबेलामा घुसेको बताइन् । उनका अनुसार ती व्यक्ति घोडाबीच निकै सहज देखिएका थिए र यस्ता तबेलाको अनुभव बटुलिसकेका जस्तो देखिएको थियो । 

स्वारका अनुसार त्यसपछि ती व्यक्तिले घोडामाथि दुर्व्यवहार गरे । उनलाई यसबारे सीसीटीभी क्यामरामा जडान गरिएको अलार्मले सूचित गरायो । ती व्यक्तिले एउटा क्यामराको तार निकालेता पनि उनको कुकृत्य क्यामरामा कैद भएको थियो । 

स्वार आफ्नो तबेलामा पुग्दा ती व्यक्ति गइसकेका थिए । उनले एक स्वस्थ घोडालाई बलात्कार गरेका थिए । उक्त घोडा घटनापश्चात् पनि स्वस्थ देखिएको छ र उसलाई कुनै घाउ– चोटपटक छैन ।  

‘जे भयो, त्यो अत्यन्त घृणित कार्य हो, स्वारले भनिन् । 

स्वारले ती व्यक्ति पूरा समुदायका लागि खतरा भएको बताउँदै अपराधीलाई कुनै पनि हालतमा खोजेर कानुनी दायरामा ल्याउने बताएकी छिन् । 

ती व्यक्तिले चम्किलो पहेँलो रङको पाइन्ट लगाएका थिए, निर्माण कार्य गर्दा लगाइने बुट लागएका थिए र निलो सर्ट लगाएको स्वारले बताइन् । उनका अनुसार ती व्यक्ति लगभग साढे पाँच फिटका छन् र उमेर २०–२५ वर्षका छन् । 

नोरफल्क प्रहरीले उक्त घटनाबारे वरिपरिका समुदायलाई सूचित गरिसकेको र यसबारे थप जानकारी छिट्टै नै प्राप्त हुने बताएको छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप