बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बहुमूल्य ज्वेलरी सामग्री निर्यातमा सहजीकरण गरिदिन प्रधानमन्त्रीसँग महासंघको आग्रह

बुधबार, ०६ साउन २०७८, १६ : २९
बुधबार, ०६ साउन २०७८

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी आभूषण क्षेत्रलाई प्रवद्र्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्याउन आग्रह गरेका छन् ।  महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हाल मुलुकमा विभिन्न कारणले अर्थतन्त्र अपेक्षित गति लिन नसकिरहेको अवस्थामा कोभिड–१९ को दुष्चक्रले शिथिल अर्थतन्त्रलाई पुनर्गति प्रदान गर्न अर्थतन्त्रका प्रत्येक क्षेत्रमा रक्तसञ्चार हुने गरी विशेष आर्थिक प्याकेजको व्यवस्था गर्न समेत प्रधानमन्त्री देउवासँग माग गरेको छ । 

नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७८/७९ को लागि निकट भविष्यमा नै सार्वजनिक गरिने मौद्रिक नीति मार्फत पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा आदिको क्षेत्र विस्तार गरी नेपाल सरकारमा दर्ता भई सञ्चालनमा रहेका सबै उद्यम, व्यवसायले उपभोग गर्न सक्ने प्रावधान राखिनुपर्नेमा पनि महासंघले जोड दिएको छ । 

हालैमात्र राष्ट्र बैंकले जारी गरेको ११ महिनाको मुलुकको अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउँदै महासंघले मुलुकको व्यापार घाटा झन् झन् चुलिँदो अवस्थामा रहेको देखिएकाले अब परम्परागत र पुरानै वस्तु मात्र निर्यात गरेर व्यापार घाटा सुधार आउन नसक्ने भन्दै नयाँ वस्तु र बजारमा जोड दिन समेत महासंघले सुझाव दिएको छ । सो अवसरमा महासंघले आभूषण क्षेत्रको प्रवद्र्धनको सम्बन्धमा सरकारलाई केही सुझाव समेत दिएको छ ।

यस्ता छन् महासंघका सुझावहरु :

–मौलिक डिजाइन र उच्च गुणस्तरका बहुमूल्य गर गहनाको निर्यात प्रबद्र्धन गर्न र आर्थिक लाभ लिनुपर्ने ।

–बहुमूल्य गहनाको निर्यातमा आफ्नै एचएस कोर्ण दिनुपर्ने ।

–सुनको आयात तथा बिक्री वितरणमा एकात्मक प्रणाली खारेज गर्दै प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई पनि सामेल गराउनुपर्ने । 

–सुनचाँदी तथा आभूषण क्षेत्रका कालीगढलाई उचित तालिमको व्यवस्था हुनुपर्ने ।

–स्वदेशी रत्न, पत्थरको प्रबद्र्धन गरिनुपर्ने

–नेपाली मौलिक बहुमूल्य गहनाको निर्यात प्रबर्द्धनका लागि डिउटी ड्र ब्याक 

अर्थात् कच्चा पदार्थमा लाग्ने भन्सार महसुल फिर्ता हुनुपर्ने । 

–निर्यातकर्ताले आफूलाई आवश्यक पर्ने सुन आफैले आयात गर्न पाउनुपर्ने । 

–सम्बन्धित आर्थिक बर्ष भित्र भुक्तानी आउनुपर्ने शर्त सहित निकासीकर्ताको जिम्मामा पछि भुक्तानी प्राप्त हुने गरी निकासी गर्न सकिने टर्म एक्सपोर्टको व्यवस्था हुनुपर्ने ।

–नेपालका अन्य बस्तुहरुले निकासी भएवापत पाउने सुविधा, प्रोत्साहन, अनुदान आदि बहुमूल्य गहनाको निकासीमा पनि पाउनुपर्ने ।

–स्वदेशी रत्न, पत्थरको प्रशोधन एवम् निर्यातको लागि निजीक्षेत्रसँगको सहकार्यमा प्रशोधन केन्द्र, प्रदर्शन तथा निर्यात गृह आदि स्थापना र सञ्चालन गर्नुपर्ने ।

–स्वदेश तथा विदेशमा ज्वेलरी एक्स्पोहरु सञ्चालन गर्नुपर्ने ।

–विदेशस्थित नेपाली नियोगहरूलाई निर्यात प्रवद्र्धनको कार्यमा थप सक्रिय पार्नुपर्ने ।

–आभुषणको निर्यात, प्रवद्र्धनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सक्ने गरी एक स्वायत्त संस्थाको रुपमा कार्य गर्न सक्ने गरी जीम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोसन काउन्सिलको स्थापना गर्नुपर्ने ।

–मौलिक गहना तथा रत्न, पत्थरको उत्पादन प्रशोधन, निकासी तथा बजारीकरणको लागि निजी क्षेत्रसँगको सहकार्यमा ज्वेलरी एक्सपोर्ट हाउसको स्थापना गर्नुपर्ने लगायतका सुझावहरु दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप