शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव समूहको निष्कर्ष : स्पष्टीकरणले एकतामा भाँजो हाल्यो

बुधबार, ०६ साउन २०७८, १६ : २४
बुधबार, ०६ साउन २०७८

 एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एमाले पार्टी एकतामा जोड दिएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकमा भएको छलफलमा पार्टी एकतामा जोड दिएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए । 

‘एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो’, बैठकपछि पन्तले बैठकले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्ने र बरिष्ठ नेता माधव कुमार नेपालविरुद्ध पुत्ला जलाउने लगायतका विषय तत्काल रोक्न प्रस्ताव पास गरेको छ ।

‘स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’, माधव पक्षले भनेको छ । 
अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको नेता पन्तले जानकारी दिए । 
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टीकरण सोधेको थियो । माधव पक्षको बैठक बसिरहेका बेला नेताहरुलाई स्पस्टीकरणकोे पत्र पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप