शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा २ सय बढी पत्रकारले लगाए खोपको दोस्रो मात्रा

बुधबार, ०६ साउन २०७८, १६ : १८
बुधबार, ०६ साउन २०७८

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । 

महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यरत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको बताए । यसअघि गत असार ६ गते २२६ पत्रकारले सो खोपको पहिलो मात्रा लगाएका थिए । बाँकी रहेका पत्रकारलाई पछि खोप दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप