१८ वर्ष माथिका समूहलाई पनि जोन्सन खोप लगाइने

काठमाडौंमा आजबाट १८ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिइने भएको छ । स्वास्थ्य सेवा विभागले त्यसका लागि काठमाडौं जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराइएको जानकारी दिएको छ ।
विभागका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ । यहि बीचमा १८ वर्ष उमेर समूहलाई पनि खोप लगाउन लागिएको विभागले जानकारी दिएको छ ।
यद्यपि, सरकारले उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क–ख) भएका नागरिक, शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई दिने निर्णय गरेको थियो । साउन ४ देखि ६ गतेसम्म काठमाडौँका ५५ वटा खोप केन्द्रबाट खोप लगाउने निर्णय भएको थियो । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई जोन्सन एन्ड जोन्सनको खोप १५ लाख ३४ हजार ८५० डोज उपलब्ध गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
-
ट्रम्पका विशेष दूतले हमासलाई किन भने ह्वाइट हाउसमा सम्पर्क गर्न ?
-
बंगलामुखिको बार आज कुन राशिलाई कति फलदायी ?
-
कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?