शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियो ओलम्पिक रद्द हुनसक्ने सम्भावनालाई नकार्न नसकिने

बुधबार, ०६ साउन २०७८, १५ : २४
बुधबार, ०६ साउन २०७८

टोकियो २०२० को आयोजक कमिटीका अध्यक्षले प्रतियोगिता नै रद्द हुनसक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । तोसहिरो मुटोले सङ्क्रमणको सङ्ख्यालाई नजर राखेर आवश्यक परे यसबारे छलफल गरिने बताएका हुन् ।

शुक्रबार हुने उद्घाटन समारोह अघि हालसम्म ओलम्पिकसँग सम्बन्धित ७० जनाभन्दा बढीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सभापति थोमस ब्याचले प्रतियोगितालाई रद्द गर्नु ‘कहिले पनि विकल्प’ नभएको बताएकै दिन मुटोले यस्तो कुरा बताएका हुन् ।

कोरोनासङ्क्रमणको चिन्ताजनक अवस्थाबीच गत महिना जापानले खाली स्टेडियममा प्रतियोगिता आयोजना गरिने जनाएको थियो । 'के अब पनि प्रतियोगिता रद्द हुने सम्भावना छ त ?' भन्ने प्रश्नमा मुटोले भने, ‘यदि सङ्क्रमण बढ्यो भने हामी त्यसबारे छलफल गर्नेछौँ ।’

उनले यति बेला कोरोनाभाइरसको सङ्क्रमण बढ्न वा घट्न सक्ने बताउँदै सङ्क्रमण अझैको बढेको खण्डमा त्यसबारे के गर्ने भनेर सोचिने बताए ।

आधिकारिकरुपमा ओलम्पिकको उद्घाटन शुक्रबार हुने भए पनि महिला सफ्टबल र फुटबल प्रतियोगिताहरू बुधबारबाट सुरु भएका छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप