पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सवा २ बजेबाट सुरु भएको हो । स्थायी कमिटी सदस्य वर्षमान पुनका अनुसार बैठकमा प्रभावकारी सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तार र पार्टीको संगठनात्मक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने प्रस्ताव अघि सार्दै आएका छन् । त्यसबारे समेत माओवादी केन्द्रको बैठकमा छलफल हुने बताइएको छ ।
माओवादी नेताहरुका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाले पार्टीका तर्फबाट पठाउने मन्त्रीका नामबारे समेत छलफल हुने छ । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण