आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैनः कमल थापा

बुधबार, ०६ साउन २०७८, १५ : १३
बुधबार, ०६ साउन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको दावी गरेका छन् । शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरित धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश बढेको तर्क गरे । 

बुधबार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे ।

काङ्ग्रेस कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले काङ्ग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गरे । आन्तरिक विग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै वैचारिक लाइनमा हिँडेकोले मुकुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो ।

अर्को प्रशंगमा उनले महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान संचालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप