बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका खेलाडी पक्राउ

बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् ।
एक वक्तव्य जारी गर्दै ग्रेट म्यानचेस्टर प्रहरीले भनेको छ, ‘प्रहरी अधिकारीहरूले १६ जुलाई २०२१ शुक्रबारका दिन एक पुरुषलाई बाल यौन दुराचारको आशङ्कामा पक्राउ गरेको थियो । उनी हाल धरौटीमा रिहा भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।’
अनुसन्धान भइरहँदा क्लबले पनि ती खेलाडीलाई निलम्बन गरेको छ । एभर्टनले सोमबार एक विज्ञप्ति जारी गर्दै एक खेलाडीलाई निलम्बन गरेको जानकारी दिएको छ । यद्यपि, क्लबले बाल यौनदुराचारको आरोप लागेका खेलाडी तिनै हुन् भनेर चाहिँ पुष्टि गरेको छैन ।
क्लबले विज्ञप्तिमा प्रहरीको अनुसन्धान चलिरहेको बताउँदै पहिलो रोजाइको एक खेलाडीलाई एभर्टनले निलम्बन गरेको र प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा योजना छनोटमा हुने बेथिति रोक्ने कानुन स्वीकृत, ५० लाखभन्दा कमका योजना प्रदेशबाट नबन्ने
-
कोपा डेल’रे सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिड विजयी
-
बिहीबारको दिन आज कसलाई कति लाभदायी ? हेरौँ राशिफल
-
यस्तो छ विदेशी मुद्राको बजार भाउ, कसको मूल्य कति ?
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी