शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका खेलाडी पक्राउ

बुधबार, ०६ साउन २०७८, १५ : १०
बुधबार, ०६ साउन २०७८

बाल यौन दुराचारको आरोपमा प्रिमियर लिगका एक फुटबल खेलाडीलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका ती खेलाडीलाई प्रहरीले सोधपुछ गरेपछि हाल धरौटीमा रिहा भएका छन् ।

एक वक्तव्य जारी गर्दै ग्रेट म्यानचेस्टर प्रहरीले भनेको छ, ‘प्रहरी अधिकारीहरूले १६ जुलाई २०२१ शुक्रबारका दिन एक पुरुषलाई बाल यौन दुराचारको आशङ्कामा पक्राउ गरेको थियो । उनी हाल धरौटीमा रिहा भएका छन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धान भइरहँदा क्लबले पनि ती खेलाडीलाई निलम्बन गरेको छ । एभर्टनले सोमबार एक विज्ञप्ति जारी गर्दै एक खेलाडीलाई निलम्बन गरेको जानकारी दिएको छ । यद्यपि, क्लबले बाल यौनदुराचारको आरोप लागेका खेलाडी तिनै हुन् भनेर चाहिँ पुष्टि  गरेको छैन । 

क्लबले विज्ञप्तिमा प्रहरीको अनुसन्धान चलिरहेको बताउँदै पहिलो रोजाइको एक खेलाडीलाई एभर्टनले निलम्बन गरेको र प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप