शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा नेपाल लोकदोहोरी कार्यक्रम ‘लेक्सिनटन दोहोरी’

बुधबार, ०६ साउन २०७८, १४ : २१
बुधबार, ०६ साउन २०७८

अमेरिकाको केन्टकी राज्यको लेक्सिनटन शहरमा नेपाली लोकदोहरी सांगीतिक कार्यक्रम ‘लेक्सिनटन दोहोरी’ सुरू हुने भएको छ । नेपाली फिल्म निर्देशक सुमन दाहालको सक्रियतामा त्यहाँ लोक दोहोरी कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा गायक हिम कुँवर, सन्दिप अर्याल, सीताराम अधिकारी, कुष्माखर भट्टराई, श्याम पराजुली, कृष्ण पराजुली, युवराज ढुङ्गाना, बिष्णु डुम्रे र गायिकाहरूमा रूपा अर्याल, मञ्जु थापा, कल्पना अधिकारी, बबिता पराजुली, तुलसा सुवेदी, सरस्वती पाण्डे, शर्मिला सुवेदी, आरती थापा, सम्झना अधिकारी, सिर्जना मरासिनी, नर्मदा खरेल, सरिता मरासिनीलगायतको प्रस्तुति तथा सहभागिता रहेको छ । 

नेपाली वाद्यवादनसहित प्रस्तुत हुने कार्यक्रममा मादलमा गणेश खड्का, हार्मोनियममा सनातन रेग्मी, गितारमा कृष्ण राना, तबलामा उद्धवराज उप्रेती रहेका छन् । पवन गौतमको छायाँकन, सुमन दाहालको निर्देशन रहेको ‘लेक्सिनटन दोहोरी’ कार्यक्रम सम्राट क्रियशन च्यानलबाट समेत प्रसारण हुने निर्देशक दाहालले बताए । सुमनले यसअगाडि केही नेपाली फिल्म र दर्जन बढी म्युजिक भिडियो निर्देशन गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप