घरमै बसेर उद्योग दर्ता गर्न सकिने, अनलाइन प्रणालीको विकास गर्दै उद्योग विभाग
तपाईं कुनै उद्योग, व्यवसाय दर्ता गर्न चाहनुहुन्छ अथवा वैदेशिक लगानी ल्याउँदै हुनुहुन्छ भने उद्योग विभाग नै धाइरहनुपर्ने झन्झटबाट मुक्त पाइने भएको छ । उद्योग विभागले यसै आर्थिक वर्षभित्र घरमै बसेर उद्योग दर्ता गर्न सकिने व्यवस्थामा लागि अनलाइन प्रणालीको विकास गर्दैछ । जुन प्रणालीले विभागलाई पूर्णतया स्वचालित बनाउने लक्ष्य लिएको छ ।
उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले घरमै बसेर आवेदन दिने र सर्टिफिकेट पाउने व्यवस्था गर्नका लागि अनलाइन प्रणालीको विकासका लागि टेण्डर भइसकेको बताएका छन् । उद्योगदर्ता गर्न चाहिने कागजात, नागरिकता, स्थानीय निकायको सिफारिस, आयोजना प्रतिवेदनजस्ता कागजातका लागि विभागले विकसित गरेको फरम्याट अर्थात चेक लिस्ट बनेको छ । सो चेकलिस्टबाट जानकारी लिन सकिने विभागले जनाएको छ ।
विदेशी लगानीको स्वीकृति, उद्योग दर्ता जस्ता विषयलाई अटोमेसनमा लैजान खोजेको विभागको भनाइ छ । विभागलाई पूर्णतया अटोमेसन बनाउन कन्ट्याटर प्याटर्न डिजाइन ट्रेडमार्कको काम भइरहेको छ । एउटा उद्योग दर्ता गर्न स–साना कागजात नपुग्दा पटक–पटक विभाग धाउनुपर्ने र अनेकौं सास्तीका बीच बल्ल काम हुने गुनासो ग्राहकहरूबाट बढ्दै गएको छ । यसै गुनासो समाधानका लागि अनलाइन प्रणाली विकास गर्न लागिएको हो । विभागमा ६ अर्बभन्दा कम पुँजीका लगानी स्वीकृति हुन्छ ।
स्थिर जेथा दश करोड रुपैयाँभन्दा बढी भएको मझौला तथा ठूला उद्योगहरु र विदेशी लगानी संलग्न सबै किसिमका उद्योगहरु यस विभागको कार्य क्षेत्रभित्र पर्दछन । यसैगरी उद्योग व्यवसायमा हुने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्वन्धी र औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी कार्यहरु पनि यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?